पछिल्लो बाहिरी पृष्ठबाट एक्लो श्रीको कथा हो । श्रीसितै जोडिएर आउने अरु मानिसको पनि कथा हो । सबैका केही न केही सपना छन् । सहरको यो भागदौडमा श्री कहीं पुग्न चाहन्छ । तर हिँड्न जान्दैन । ऊ केही बन्न चाहन्छ । तर कसरी बन्ने पत्तो पाउँदैन । एक मानिसको उतारचढावमा अनेक मानिस जोडिन्छन् । एक्लो- यो सहरमा अनेक सपना बोकेर रिङरोडभित्र फनफनी घुमिरहने पात्रहरूको कथा पनि हो । जो होहल्लामा त छन् तर आफूभित्र विराट् एक्लोपन बोकेर हिँडिरहेका छन् ।